प्युठान, भारतीय भुतपुर्व जनकल्याणकारी संघ ऐरावतीको प्रथम वार्षिकोत्सब तथा मिलन समारोह सम्पन्न भएको छ ।

संघका अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा १ सय १५ जना भुतपुर्व भारतीय सैनिकहरू सहभागी थिए । संघले एक वर्ष भित्र गरेका कामहरूको समिक्षा तथा आगामी कार्ययोजना बारेमा छलफल भएको हो ।

संघले ऐरावती-४ कैरनमा आफ्नै कार्यालय सञ्चालन गरि महिनाको २ दिन नि:शुल्क परामर्श तथा सहयोग प्रदान गरेको संघमा महासचिव नवराज श्रेष्ठले बताए ।

सैनिकहरूको परिवारले प्राप्त गर्ने सेवा सुविधा प्राप्तिका लागि आवश्यक कागजात संकलन र सरकारी निकायले दिने सिफारिस लगायतका काममा निकायसँग सहकार्य गरेर सैनिक तथा उनका परिवारलाई सहयोग गरेको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा सैनिक परिवारका सदस्यहरूलाई सम्मान गरिएको थियो ।