नेपाल रेडक्रस सोसाइटी ऐरावती उपशाखाको तेस्रो अधिवेशन तथा पाँचौ साधारणसभा बरौंलामा सम्पन्न ।
उपशाखा सभापति चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा प्युठान जिल्ला शाखाका कोषाध्यक्ष घनश्याम न्यौपानेको प्रमुख आतिथ्यतामा शाखाका साधारण तथा आजीवन सदस्यहरूको उपस्थितिमा मोती माविको नयाँ भवनमा कार्यक्रम सुरु भएको हो । शाखाका कार्यसमिति सदस्य माधवा जि.सी ले स्वागत मन्तव्यले सबैलाई स्वागत गर्नुभएको हो ।
उपशाखा सचिव कुल बहादुर रोकाले शाखाको वार्षिक प्रगति प्रतिवेदन र शाखाका कोषाध्यक्ष नुम प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा जिल्ला शाखा कोषाध्यक्ष घनश्याम न्यौपानेले मन्तव्य राख्दै रेडक्रसका सात सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
ऐरावती उपशाखाको नयाँ नेतृत्वमा चन्द्रप्रसाद श्रेष्ठ लगायत सबै पदाधिकारी निर्विरोध रूपमा चयन हुनुभएको छ । उप सभापतिमा माधवा जि.सी, सचिवमा शान्तराज श्रेष्ठ सहसचिवमा चन्द्रा पाण्डे कोषाध्यक्षमा नुम प्रसाद श्रेष्ठ सह-कोषाध्यक्षमा राधा पोखरेल सदस्यहरू पुनाराम आचार्य,दानबहादुर जि.सी,रिता राउत,तुलसीराम आचार्य,टेकबहादुर रोका मगर चयन हुनुभएको निर्वाचन अधिकारी घनश्याम न्यौपानेले जानकारी दिनुभयो । उहाँले नव निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो । 








