प्युठान । रा.ज.मो को राष्ट्रियता र संघीयता विषयक अन्तरक्रिया ऐरावतीमा सम्पन्न ।

राष्ट्रिय जनमोर्चा ऐरावती गाउँ समितिको आयोजनामा गाउँ समितिका अध्यक्ष चन्द्रबहादुर रानाको अध्यक्षतामा जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीको प्रमुख आतिथ्तामा जिल्ला अध्यक्ष ज्ञानुराम न्यौपाने जिल्ला सचिव केशवराज आचार्य लगायतका नेताहरूको उपस्थितिमा सुरु भएको हो । कार्यक्रम जिल्ला समिति सचिव केशवराज आचार्यले राष्ट्रियता र संघीयता सम्बन्धि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट अध्यक्ष टिका बहादुर गुरूङ माओवादी केन्द्रको तर्फबाट अध्यक्ष दोर्ण प्रसाद पाण्डे र नेपाली काङ्ग्रेसको तर्फबाट सभापति अमर बहादुर रेश्मी मगर सहभागी थिए ।

मन्तव्य राख्दै माओवादी नेता दोर्ण पाण्डेले संघीयता कार्यनयन पछि गाउँ गाउँमा सिंहदरबार बनेको बताउँदै  संघीयताले सरकार जनताको घरमा पुगेको बताए संघीय प्रणाली अनुरूपको प्रदेश सरकार र जिल्ला समन्वय समिति अनावश्यक रहेको र संघीयताको पुनर्संरचना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता टीका बहादुर गुरूङ सानो देश नेपालमा संघीयता आवश्यक नभएको तर शक्ति राष्ट्रहरूको दबाबमा संघीयता कार्यनयन भएको बताउनुभयो ।

कार्यक्रम मन्तव्य राख्दै काङ्ग्रेस नेता अमर रेश्मीले यो संघीय प्रणाली भन्दापनि पात्रहरू दोषी रहेको र राजनीतिक हिसाबले संघीयता सफल भएको बताउँदै जनताको आवश्यकता अनुसार पार्टीले यो व्यवस्था संशोधन गर्न तयार रहेको बताउनुभयो ।

जनमोर्चा जिल्ला अध्यक्ष ज्ञानुराम न्यौपानेले जनमोर्चाले जिल्लाका नागरिकको दैनिक जीवनयापन सँग सम्बन्धि सवारीसाधनको भाडादर समायोजन विद्धुत आपुर्ति लगायतका सवालहरूमा वकालत गरिरहेको बताउँदै टोल टोलमा रा.ज.मो अभियान चलेको जानकारी दिनुभयो ।

स्थानीय तह र प्रदेश तहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरे पश्चात् चैत २४ गतेदेखि काठमाडौंमा राष्ट्रव्यापी संघीयता खारेजी आन्दोलन गर्ने बताए संघीयता खारेजीको माग गर्दै आन्दोलन गरेको राप्रपा सँग सहकार्य नगर्ने स्पष्ट पार्नुभयो  राप्रपाले राजतन्त्र स्थापनाको लागि संघीयता खारेज गर्न खोजेकाले रा.ज.मो को एजेन्डा नमिल्ने बताउनुभयो ।

कार्यक्रम मन्तव्य राख्दै प्रमुख अतिथि बोम बहादुर खत्रीले संघीयता कार्यनयन हुनुपूर्व सबै जिल्लाका सदरमुकाममा सुझाव संकलन कार्यक्रम गरेतापनि उक्त सुझाव कार्यनयन नगरी विदेशीको सहयोगमा संघीयता कार्यनयन गरेको बताए । जनमोर्चाले केन्द्रमा र स्थानीय तहमा शक्तिशाली सरकार र एकात्मक शाशन प्रणालीको परिकल्पना गरेको बताउँदै संघीयताले राष्ट्रियतामा ठूलो आघात पुर्‍याएको बताउनुभयो । कार्यक्रम मन्तव्य राख्दै जनमोर्चा पालिका अध्यक्ष चन्द्रबहादुर रानाले यो आन्दोलनमा जनताले पार्टीलाई साथ दिनुपर्ने बताउनुभयो  कार्यक्रम सञ्चालन जनमोर्चाका नेता टिकाराम आचार्य ले गर्नुभएको थियो ।