प्युठान। ऐरावती गाउँपालिका वडा नं ६ अर्लावाङ्ग का ऐरावती एग्रो जोनका सञ्चालक ४७ वर्षीय जयगोपाल श्रेष्ठले करिब २० वर्ष नेपालगन्जमा जुत्ता चप्पलको पसल गर्नुभयो । ”गोठ देखि बोट र बोट देखि ओठ सम्म” भन्ने नारा लिएर कृषि र पशुपालनमा लाग्नुभएका ।

श्रेष्ठ २०७२ सालमा गाउँ फर्किएर बाख्रा पालन सुरु गर्नुभएको हो । उहाँले १ सय बोयर जातका बाख्रा पाल्नुभयो बाख्रा पालन बाट वार्षिक ५ लाख सम्म आम्दानी हुन्थ्यो बोयर जातका पाठापाठी बीउको लागि उचित मूल्य बिक्री भएको बताउनुभयो । बाख्रा पालनमा (KUBK) परियोजना बाट खोर गोठ निर्माणमा सहयोग पाएको बताउनुभयो ।

उहाँले ६ वर्ष बाख्रा पालन गरेर २०७८ सालदेखि तरकारी खेती,लोकल कुखुरा र भैंसी पालन सुरु गर्नुभयो । बोयर बाख्रा,पाठा बिक्रीको लागि बजार अभाव भएपछि बाख्रा पालन व्यावसाय बाट पलायन हुनुपरेको बताउनुभयो । एउटा टनेलबाट तरकारी खेती सुरु गर्नुभएका श्रेष्ठको अहिले १५ वटा टनेलमा तरकारी खेती छ ।

दैनिक टमाटर मात्र ४० किलो निस्किन्छ अहिले उहाँसँग टमाटर,बन्दागोपी,फूलगोपी लगायतका तरकारी तयार छन । उहाँले १ सय लोकल कुखुरा ५ वटा भैंसी पाल्नुभएको छ हरेक महिना १ सय कुखुरा थप्ने बताउनुभयो ।

मल्चीङ,थोपा सिँचाइ जस्ता आधुनीक प्रविधि पनि प्रयोग गर्दै आउनुभएको छ । स्थानीय तहले उत्पादनको बजारीकरण सुनिश्चित गर्ने,चिस्यान केन्द्र निर्माण,कृषि अनुदानको अनुगमन तथा मूल्यांकन गर्ने र वास्तविक किसानलाई कृषि अनुदान उपलब्ध गराउन सके ऐरावतीलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो “तरकारी खेतीमा सम्भावना राम्रो छ सबै मिलेर सामुहिक खेती गरे आयात प्रतिस्थापन गर्न सम्भव छ ” उहाँका २० वर्षीय छोरा अमेरिकामा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययन गर्दै छन ।

उहाँका २ छोरी र श्रीमती काठमाडौंमा छन, उहाँ ७० वर्षीय बुवा र ६९ वर्षीय आमा सँग गाउँमा कृषि कर्ममा रमाउनु भएको छ । उहाँले कालिका बिकास केन्द्रको (विलिफ) परियोजनाको सहयोगमा कीटनाशक झोल मल बनाउने तथा गड्यौला खेती पनि गर्नुभएको छ ।

उहिले उहाँले काँक्रा,करेला,लौका,भाञ्टा,खुर्सानी बन्दागोपी,फूलगोपीका बिरुवा रोप्नु भएको छ ।

गाउँघरमा विदेश जान सहजै ऋण पाइए पनि देशमै लगानी गर्न ऋण नपाइने बताउनुभयो । उहाँले गतवर्ष २२ रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट २ लाख लगानी गरेर १० लाख आम्दानी गरेको बताउनुभयो । उहाँले अहिलेसम्म बाख्रा पालनको लागि २ लाख ३० हजार अनुदान लिएको र तरकारी खेतीको लागि भने अनुदान नलिएको बताउनुभयो ।