स्वर्गद्वारी क्याम्पसमा पार्टीका सङ्गठनलाई चुनौती दिंदै स्वतन्त्र बिद्यार्थी समुह
प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समुहले मनोनयन दर्ता गरेको छ।पार्टीको संगठनलाई चुनौती दिंदै स्वतन्त्र बिद्यार्थी समुहले मनोनयन दर्ता गरेको हो।
समुहको तर्फबाट सभापतिमा अनुपराज पाण्डे सचिवमा गणेश पाण्डे र कोषाध्यक्ष सुचना गुरुङको मनोनयन दर्ता भएको छ।समुहले समानुपातिको लागि बन्द सुची समेत पेस गरेको समुहका सभापति पाण्डेले जानकारी दिए।
त्यस्तै तिन वटा संगठन अनेरास्ववियु, स्वतन्त्र बिद्यार्थी समुह र चार सङ्गठनको गठबन्धनबाट अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत यज्ञ बिर पाण्डेले जानकारी दिए।
प्युठानमा रहेको ५ क्याम्पस मध्ये स्वर्गद्वारी बहुमुखी क्याम्पसमा मात्र स्वतन्त्र बिद्यार्थी समुहले मनोनयन दर्ता गरेको।








