नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्वारा ऐरावती गाउँपालिका ६ बिजुलीमा रहेको श्री जनता माध्यमिक विद्यालयमा ‘Global Money Week 2025’ अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
श्री जनता माध्यमिक विद्यालयका कक्षा एघार र बाह्रमा अध्यानरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको थियो ।
सो अवसरमा बोल्दै बैंक शाखा प्रबन्धक श्रीधर पोखरेलले बैंकले विगतमा पनि वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताए ।
शाखा प्रबन्धक पोखरेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न आर्थिक क्रियाकलप र व्यवस्थापनमा सहज हुने बताए ।

विद्यालयका प्रधानाध्यापक खडानन्द पौडेलले वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयको थियो । साथै निकट भबिस्यमा अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।