प्युठान, ऐरावती ३ अर्झाममा आगोलागि नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सनिवार साँधपोखरी सामुदायिक वनको आयोजनामा वनका अध्यक्ष ठग बहादुर शाहीको अध्यक्षतामा वडा नं ३ का अध्यक्ष पदमबहादुर जि.सी को प्रमुख आतिथ्यतामा तथा वडा सदस्य प्रेम श्रेष्ठ वडा सचिव लिलामणी सुनार वन समितिका पदाधिकारी सञ्चारकर्मी बुद्धिजीवी तथा राजनीतिक दलका नेताहरू र वन उपभोक्तहरूको उपस्थितिमा गन्धर्व विकास समाज प्युठानका अध्यक्ष तथा कलाकार धुर्व गन्धर्व समाजका सचिव तथा कलाकार अर्जुन गन्धर्व लगायतका कलाकारहरूले जनचेतनामूलक साङितिक प्रस्तुति मार्फत सहभागीहरूलाई मनोरञ्जनात्मक तरिकाबाट सचेत गराएका हुन ।

गीतको भावमा आगोलागी गर्नेलाई कानुनी कार्वाही वन जंगल बाट उपभोक्तले लिने फाइदा लगायतका विषय वस्तुहरू समेटिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष जि.सी ले यो वर्ष आगोलागि नियन्त्रण गर्न प्युठानका ६४ वटै वडामा वडा स्तरीय संयन्त्र गठन भएको र आगो लगाउने जो कोहीलाई कानुनी कार्वाही दायरामा ल्याउने गरि उक्त संयन्त्र परिचालन भएको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै वनका अध्यक्ष शाहीले पालिका मै पहिलो पटक सामुदायिक वनको आयोजना यो कार्यक्रम गरिएको बताए यो कार्यक्रमले सबै उपभोक्तहरू सचेत भई साँधपोखरी वनलाई आगोलागि हुनबाट जोगाउनु महत्त्वपूर्ण खेल्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रम सञ्चालन वनका सचिव पदमबहादुर थापाले गरेका थिए ।