ऐरावती गाउँपालिकाका विद्यालयहरूको SEE नतिजा सार्वजनिक, मोती माविको उत्कृष्ट प्रदर्शन

प्युठान, असार १७ गते — ऐरावती गाउँपालिकामा अवस्थित ७ वटा माध्यमिक विद्यालयहरूबाट शैक्षिक सत्र २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी विद्यार्थीहरूको नतिजा सार्वजनिक भएको छ । समग्र नतिजा हेर्दा पालिकाको शिक्षा क्षेत्रमा थप सुधारको संकेत दिँदै केही विद्यालयहरूले गतवर्षको नतिजाको तुलनामा उल्लेखनीय सुधार गरेका छन् भने जनकल्याण माविको नतिजा गतवर्ष जस्तै यसवर्ष पनि शून्य रह्यो ।

विषयगत नतिजा विश्लेषण गर्दा मोती माविको नतिजामा राम्रो सुधार भएको छ ।

नतिजा अनुसार अनिवार्य विषयहरू गणित र विज्ञान विषयमा मोती माध्यमिक विद्यालय, बरौला ले उत्कृष्ट प्रदर्शन गरेको छ। विद्यालयका शिक्षक हरेन्द्र शाह ले अध्यापनमा गराउने गणित विषयमा ५९.७४% र विज्ञान विषयमा ९४.८१% विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै जनता मावि, बिजुली का शिक्षिका मनिषा केसी ले अध्यापन गराउने अंग्रेजी विषयमा ९६.६७% विद्यार्थी उत्तीर्ण भएका छन ।

मोती माविका विद्यार्थी सुवास बि.क ले ३.७७ GPA ल्याउँदै पालिका प्रथम भएका छन । भने महेन्द्र माविका छात्रा पुजा के.सी ले ३.५० GPA रदाङ्वाङ्ग माविका छात्र रोजिल आचार्य ले ३.५० GPA प्राप्त गरि दुई विद्यार्थी पालिका द्वितीय भएका छन । त्यस्तै महेन्द्र माविका छात्र आदर्श भण्डारीले ३.४० GPA प्राप्त गरि पालिका तृतीय भएका छन । पालिकामा रहेका ७ वटा मावि विद्यालयहरूबाट कुल ३१३ जना विद्यार्थी SEE परीक्षामा सहभागी भएका थिए,जसमध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन्। प्रतिशतमा हेर्दा उत्तीर्णता दर २३.६४% रहेको छ।

७ मावि मध्ये पालिका प्रथम जनता मावि, बिजुली: सहभागी ३०, उत्तीर्ण १४ — उत्तीर्ण दर ४६.६७%द्वितीय पद्मोदय मावि,धुवाङ् सहभागी २४, उत्तीर्ण १० — उत्तीर्ण दर ४१.६७% तृतीय महेन्द्र मावि सरङ्गबेसी सहभागी ५५ उत्तीर्ण १६ — उत्तीर्ण दर २९.०९% भएको छ । पालिकाले प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थी,विद्यालय र अनिवार्य विषयहरूमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकलाई पुरस्कृत गर्ने कार्यक्रम तय गरेको शिक्षा शाखा प्रमुख यम प्रसाद पाण्डेले बताए ।