प्युठान,

ऐरावती गाउँपालिका भित्रको पहिलो सञ्चारमाध्यम का रूपमा ऐरावती अपडेट डटकम स्थापित भएको छ । अपडेट को स्थापन २०७८ पुस ११ गते भएको हो । ऐरावती अपडेटले मुख्यतया गाउँपालिका भित्र हुने सबैखाले गतिविधि हरूलाई सामाजिक सञ्जाल फेसबुक पेज मार्फत समाचारका रूपमा पोष्ट गर्दै आएको थियो ।

ऐरावती अपडेट लाई स्तरीय र समय शान्दर्भिक बनाउन ऐरावती अपडेटले २०८० बैशाख १ गतेदेखि आफ्नो सेवा लाई अनलाइन पत्रिकाको रूप दिएको छ ।

ऐरावती अपडेटका सञ्चालक अनुपराज पाण्डे भन्नुहुन्छ “अहिलेको समयअनुसार ऐरावती अपडेटले पनि अनलाइन पत्रिका निर्माण गरेका छौँ पछिल्लो समयमा टेलिभिजन ,रेडियो, भन्दा सबैको हात हातमा मोबाइल हुने हुँदा मोबाइलमा सजिलैसँग हेर्न र पढ्न सक्ने अनलाइन पत्रिका निर्माण गरेका छौ” ऐरावती अपडेट डटकमले पाठक हरूले दिएको सल्लाह सुझावलाई मनन गरेर थप स्तरीय सेवा प्रवाह गर्दै जाने पाण्डेले बताउनुभयो । यो अनलाइन पत्रिका परिक्षण प्रकाशनमै रहेको छ । पाठकले दिएको सुझावलाई मनन गरेर छिटै नियमित प्रकाशन सुरु गर्ने सञ्चालक पाण्डेले बताउनुभयो ।