प्युठान, ऐरावती गाउँपालिका वडा नं ३ को आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नं ३ का वडा अध्यक्ष पदमबहादुर जि.सि. को अध्यक्षता, गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथित्यता, टोल बिकास संस्थाका प्रतिनिधिहरू र वडा भित्र रहेको कार्यलय प्रमुखहरूको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको हो ।
प्रतियोगितामा वडा नं ३ भित्र रहेका साविकका ८ वटा वडामा गठन भएका ९ वटा टोल विकास संस्थाबाट ९ टिम सहभागी भएका छन ।
ऐरावती गाउँपालिका भित्रका ६ वटा वडाहरू मध्ये वडा नं २ र वडा नं ४ मा प्रतियोगिता भएको छैन भने वडा नं १,३,५ र ६ मा प्रतियोगिता सम्पन्न भैसकेको छ ।








