प्युठान, ऐरावती गाउँपालिका वडा नं ३ जाबुने पुर्ण खोप सुनिश्चित वडा घोषण भएको छ । २०८० जेठ १७ गते जाबुनेमा भएको पुर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम ऐरावती गाउँपालिका का स्वास्थ्य शाखा उप-प्रमुख सेरसिंह थापा मगरले वडा अध्यक्ष पदम बहादुर जि.सि लाई ”पुर्ण खोप सुनिश्चितता वडा प्रमाणित गरिएको” प्रमाण पत्र प्रदान गर्दै पुर्ण खोप सुनिश्चितता लाई दिगोपना राख्न शुभकामना दिनुभएको छ । पुर्ण खोप वडा सुनिश्चित गर्ने राष्ट्रिय पुर्ण खोप निर्देशिका बमोजिम वडाले सबै प्रकिया पूरा गरि बच्चा जन्मिए पछि १५ महिनाको उमेरसम्म पाउनुपर्ने सबै खोप उपलब्ध गराई वडा नं ३ जाबुनेलाई पुर्णखोप सुनिश्चित वडा घोषण गरिएको हो ।