प्युठानमा,
प्युठानमा पहिलो सर्पदंश उपचार केन्द्र सँचालनमाअसोज 14 ,प्युठान। प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा (कच्छार)स्थित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा आएको हो।
समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो।सर्प दंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि अन्य जिल्ला लैजानु पर्ने अवस्थाको अन्त्य हुने स्वर्गद्वारी नगरपालिका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए।नेपाली सेनाको प्राविधिक सहयोग र नगरपालिकाको व्यवस्थापनमा उक्त सर्प दंश केन्द्र सञ्चालन हुने उनले बताए।
जिल्लामा यस अघि सर्पदंशको घटना हुँदा कपिलबस्तु, बुट्वल तथा नेपालगंजसम्म लैजानुपर्ने बाध्यता थियो।लामाचौरमा उपचार केन्द्र सञ्चालनमा आएपछि प्युठानसहित छिमेकी रोल्पा, गुल्मी र अर्घाखांची जिल्लाका स्थानिय लाभान्वित हुने छन्।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जि.सि,उपप्रमुख दुर्गा रेग्मी,माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसन),गौमुखी गाउँपालिका अध्यक्ष विष्णु गिरि,सरुमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खडका,प्रमुख जिल्ला अधिकारी मदन कोइराला लगायतले मन्तव्य राख्दै उपचार केन्द्रको निरन्तरताका लागी हरेक क्षेत्रबाट सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।



उक्त भवनमा विरामीको उपचारका लागि आकस्मिक कक्षमा २ सहित चार वटा बेड राखिएको छ।कुल ६६ लाख ५० हजार रुपियाँको लागतमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रको आईतवार एक समारोहका बिच प्रदेश सासंद तुल्सिराम शर्माले उद्घाटन गरेका हुन ।
