प्युठान असार २७ गते
ऐरावतीमा ५ दिने अचार बनाउने तालिम सम्पन्न ।सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा महिला आयआर्जन एवं उर्जाशील तालिम अन्तर्गत अचार बनाउने,वित्तीय साक्षरता र नेतृत्व विकास तालिम ऐरावती सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रम मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पालिकाले यसअघि पनि धेरै पटक अचार बनाउने तालिम प्रदान गरेपनि उपलब्धिमूलक नभएको बताउँदै यो तालिम पश्चात् महिलाहरूले गुणस्तरीय अचार उत्पादन गरेमा उत्पादित अचारको बजारीकरण पालिकाले सुनिश्चित गरिदिने बताउनुभयो ।
कार्यक्रम मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरी ले उपभोक्तहरूको मागको आधारमा अचार उत्पादन गरे बजारीकरणमा समस्या नहुने बताउनुभयो ।
कार्यक्रम मन्तव्य राख्दै डिभिजन प्रमुख पुन्य प्रसाद न्यौपानेले कार्यालयले यस्ता किसिमका तालिमहरू समयसमयमा आयोजना गरिरहेको बताउँदै महिलाहरू को क्षमता विकास गरी आयआर्जन वृद्धि गर्ने उदेश्यले यो तालिम आयोजना गरिएको बताउनुभयो ।
५ दिन चलेको उक्त तालिममा ऐरावतीका ६ वटा वडाका ३१ जना महिलाहरू सहभागी थिए । अचार बनाउने र नेतृत्व विकास सम्बन्धि प्रशिक्षण प्रशिक्षक माया डाँगीले र वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण कृषि विकास बैंक खलंगा शाखाका प्रबन्धक संगम न्यौपानेले गर्नुभएको थियो । सबै सहभागीहरूलाई प्रमाणपत्र,चपिङ्ग बोर्ड,चक्कु पनि प्रदान गरिएको हो। सहभागीहरूले तयार गरेको टमाटर,करेला,आँँप र बोडीको अचार अतिथिहरूलाई उपहारस्वरूप प्रदान गरिएको थियो । 







