प्युठान, यस बर्ष नवमी मेलामा बिजुलीकोट को प्रचारप्रसार का लागि टिकटक प्रतियोगिता आयोजना गरिएको छ । कार्तिक ४ गते बसेको बिजुलीकोट मन्दिर व्यवस्थापन समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि तीन सदस्यीय टोलि गठन गरिएको छ । अनुपराज पाण्डेको संयोजकत्वमा सदस्य नारायण थापा र बाबुराम घिमिरे रहनुभएको छ । समितिले प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुनेहरूलाई प्रमाणपत्र र क्रमश २०००,१५००,१००० र५०० सय पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताकानियमहरू :--भिडियो १मिनेट भन्दा लामो हुनु हुदैन
-भिडियो मन्दिर परिषर भित्रको हुनुपर्ने छ-भिडियो नेपाली गीतमा मात्र बनाउन पाइनेछ-भिडियो पोष्ट गर्दा ह्यजट्याग(#Bijulikotkhadkbhagwati) प्रयोग गर्नुपर्ने छ ।
कार्तिक ८ गते मध्यान्ह १२ बजेसम्म भिडियोमा आएको लाइक,कमेन्ट र भ्यु का आधारमा बिजेता छनोट गरिने प्रतियोगिताका संयोजक अनुपराज पाण्डेले बताउनुभयो ।








