प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युप्युठान । ऐरावती गाउँपालिका वडा नं २ ददेरीपाटा मा आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा ऐरावती गाउँपालिका वडा नं ५ झिवांङ बस्ने ६० वर्ष हरिलाल थापा रहेका छन् । रा ३ प ८४५७ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकृत हुमानन्द खनालले बताए।मोटरसाइकल चालक थापाको उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।