ऐरावती गाउँपालिकामा भुकम्प प्रतिरोधि घर निर्माणका लागि डकर्मी हरूका लागि ३ दिने क्षमता बिकास तालिम आज सम्पन्न भएको छ । बैशाख १८ गते सुरु भएको तालिम २० गते एक कार्यक्रमका बिच समापन भएको छ । ईभान ईन्जिनियर्स एण्ड कन्ट्रकसन घोराही को प्रविधिक सहयोग र ऐरावती गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको थियो । तालिममा ऐरावतीका ६ वटा वडाहरूबाट १८ जना सहभागी भएका थिए । ऐरावती गाउँपालिकाका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर रोका मगरले प्रमाण पत्र र स्वास्थ्य शाखा प्रमुख बाल गोपाल श्रेष्ठले टीका लगाइदिएर सहभागीलाई शुभकामना सहित प्रमाण पत्र प्रदान गर्नुभएको छ । कार्यक्रम सञ्चालन पञ्जीकरण शाखा प्रमुख सागर रिजालले गर्नुभएको थियो ।