प्युठान , ऐरावतीकाे बालशिक्षा आधारभुत बिधालय लाई प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण ।नेपाल जेसुइट सामाजिक संस्थाले ऐरावती गाउँपालिका वडा नं १ दाङवाङमा रहेको दुर्गम बस्ती मन्द्रेमा अवस्थित बाल शिक्षा आधारभुत बिधालयमा “ग्रामीण शैक्षिक सुधार कार्यक्रम”अन्तर्गत प्राबिधिक शैक्षिक सामाग्री जडान गरिएको छ ।

संघर्ष मिडिया प्रा.लि का सञ्चालक बिमल प्रसाद पोख्रेलको पहलमा

जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाकाे सहकार्यमा नेपाल जेसुईट सामाजिक संस्थाले प्युठानका दुर्गम क्षेत्रमा रहेका सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई प्रविधिसँग जाेड्न र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रविधि जडान गरेकाे संस्थाका फिल्ड कोर्डिनेटर कमल श्रेष्ठले बताउनु भयाे । संस्थाले उपलब्ध गराएकाे ५५ ईन्चकाे स्मार्ट टेलिभिजन,ट्यापलेट,वाईफाई लगाएतका सामाग्री बुझ्दै वडा अध्यक्ष अमर रेश्मी मगरले अहिलेकाे टेक्नोलोजी अनुसार बालबालिकालाई प्रबिधि सँग जाेड्न संस्थाले गरेकाे सहयाेग प्रति धन्यवाद दिँदै

मगरले अभिभावकहरुलाई बिलासि सामाग्री र घर घडेरीमा लगानी नगरी प्रमुख सम्पति भनेकै बालबालिका हुन आफ्ना छाेराछाेरीकाे पढाईमा लगानि गर्यौ भने उनिहरुले धेरै प्रगति गर्नेछन त्यहि नै देशकै लागि भाेलिकाे सम्पति हुने बताउनुभयो ।

कार्यक्रममा ऐरावती गा.पा शिक्षा स्रोत व्यक्ति ,निबर्तमान जिल्ला समन्वय उपप्रमुख,दाङवाङ प्रहरी चाैकिका प्रमुख लगायतले धन्यवाद मन्तब्य दिएका थिए ।