प्युठान, ऐरावती गाउँपालिकामा चौथो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता उद्घाटन भएको छ । ![]()
बिहीबार गाउँपालिकाको खेलमैदान ऐरावती ५ झिबाङमा उद्घाटन भएको हो । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको बिशेष आतिथ्यता तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा पालिकाका विभिन्न शाखाका प्रमुखहरू कार्यपालिका का सदस्यहरू,प्रवक्ता,खेलकुद बिकास समितिका अध्यक्ष तथा पदाधिकारी, खेल शिक्षकहरू विभिन्न बिधालयका प्रधानाध्यापकहरू,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,पत्रकार तथा ७ वटा माध्यमिक बिधालयका सहभागी बिधार्थी खेलाडीहरूको उपस्थितिमा प्रमुख अतिथिले व्यानर पढेर चौथो राष्ट्रपति रनिङ सिल्डको उद्घाटन गर्नुभएको हो ।
![]()
कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका बिशेष अतिथि तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बिधार्थीहरूमा भएको खेल क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले यो रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
![]()
कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आज रनिङ सिल्ड खेल्ने बिधार्थी खेलाडीहरू पालिका हुदै जिल्ला, जिल्ला हुँदै प्रदेश र प्रदेश हुँदै केन्द्रसम्म पुग्ने हुनाले खेल मर्यादित ढङ्गले खेल्न अनुरोध गर्नुभएको हो । ![]()
कार्यक्रममा मन्तव्य राख्दै शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख यम प्रसाद पाण्डेले अनुशासन बिधार्थीको गहना हो , अनुशासनमै रहेर खेलमा सहभागी हुन अनुरोध गर्नुभएको थियो । ६ वटै वडाका वडा अध्यक्षहरूको प्रतिनिधित्व गर्दै मन्तव्य दिँदै वडा नं ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगरले खेलमैदान लाई स्टेडियम बनाउन सबै तहबाट हातेमालो गरेर काम गर्नुपर्ने बताउनुभयो । रनिङ सिल्डमा महिला र पुरूष गरि जम्मा २८ विधाका खेलहरू समेटिएको छ । खेल पौष २६ देखि २८ गतेदेखि सञ्चालन हुनेछ ।![]()








