प्युठानको ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८ औं गाउँसभाको दोस्रो अधिवेशनमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले ४९ करोड ८९ लाख २५ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
चालुतर्फ ३५ करोड ३४ लाख २५ हजार र पुँजिगत तर्फ १४ करोड ५५ लाख रुपियाँ रहेको छ । साथै अधिवेशनले आर्थिक ऐन समेत पास गरेको छ ।
पालिकाले चुकाहा– छेडाघाट(ऐरावती सडक स्तरोन्नतीका लागि संघीय समपुरकबाट २ करोड रुपियाँ विनियोज गरेको छ । बैरेनी–उदिक–खम्ची–खैरा सडक स्तरोन्नती तथा ट्रयाक निर्माणका लागि १ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले स्थानीय मदिराको प्रर्वद्धनका लागि दश लाख रुपियाँ विनियोजन गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका लागि दश लाख रुपियाँ विनियोजन गरेको छ । एमविविएस छात्रवृत्तिको लागि २० लाख रुपियाँ विनियोजन गरेको छ ।









