प्युठान ,ऐरावती गाउँपालिकाको गौरव आयोजना झिम्रुक बिजुली लिफ्ट खानेपानी आयोजना को काम सुरु गर्न समझदारी भएको छ ।
निर्माण व्यवसायी,गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाले २०७५/७६ मा बजेट विनियोजन गरि काम सुरु गरेको आयोजना अहिलेसम्म सम्पन्न भएको छैन । गाउँपालिकाको गौरवको आयोजना सुरु भएको ५ बर्ष सम्म पनि सम्पन्न गर्न नसकेपछि जनप्रतिनिधिलाई पनि लाज पचाउन परेको छ । केही समय अगाडि गाउँपालिकाले आयोजना गरेको योजना तजुर्मा सम्बन्धि पुर्व तयारी गोष्ठीमा नेकपा एमालेका वडा स्तरीय नेता डिल बहादुर राउतले वडा अध्यक्ष भरत खड्कालाई “यो बर्ष बिजुलीका जनतालाई पानी खुवाउन नसके पहिला वडा कार्यलय ताला लगाउने चेतावनी पनि दिएका थिए । डिल बहादुर गएको स्थानीय चुनावमा वडा अध्यक्षमा पराजित भएका हुन । 
वडा नं ६ बिजुलीका वडा अध्यक्ष भरत खड्काले केही दिन अघि कान्तिपुर टेलिभिजन प्रसारित समाचारमा “मईले यो खानेपानी आयोजनाको काम सुरु गर्न दिनमा पटक कुरा गर्ने बताएका थिए । २०८१ जेष्ठ मसान्त भित्र आयोजना सम्पन्न गर्न सबै पक्षबाट सहयोग गर्नुपर्ने भन्दै । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रसासकिय अधिकृत,ईन्जिनियर र निर्माण व्यवसायीले एउटै समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।








