प्युठान ,ऐरावती गाउँपालिका वडा नं ६ लादमका खुमबहादुर राउत लाई भारतमा गाडीले पछाडिबाट ठक्कर दिँदा घाइते भएका छन् । उनी केही बर्ष देखि रोजगारीको सिलसिला भारतमा थिए । सोमबार राती करिब ३ बजे काम गरेर कोठामा मोटरसाइकल चढेर फर्किदैँ गर्दा पछाडिबाट गाडीले ठक्कर दिएको थियो । उनलाई उनकि श्रीमतीले पन्जावको शिभिल हस्पिटलमा भर्ना गराएकि छिन् । उनको एउटा हात दुई ठाउँबाट भाञ्चिएको छ । एउटा खुट्टाको पैताला बाट भाञ्चिएको र कम्मर देखि तलको शरीर नचलेको र उनको उपचार गर्न आर्थिक अभाव भएकाले आफन्तले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग अपिल गरेका छन् ।