फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानको ऐरावती गाउँपालिकाका तीन नेता सिफारिस भएका छन्।

नेकपा एमालेले ऐरावती–३ अर्झामका टीका बहादुर गुरूङलाई समानुपातिक उम्मेदवार सिफारिस गरेको छ। गुरूङ स्थानीय निर्वाचन २०७४ मा अध्यक्ष पदमा २४७४ मत ल्याई १६ मतले अध्यक्ष पदमा पराजित भएका थिए उनी स्थानीय निर्वाचन २०७९ मा उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिई १७२१ मत प्राप्त गरि पराजित भएका हुन ।

हाल नेकपा एमाले ऐरावती गाउँपालिका कमिटी अध्यक्षको जिम्मेवारीमा छन । यस्तै नेपाली काङ्ग्रेसले ऐरावती-५ घुइवाङ्गका प्रा.डा गोविन्दराज पोखरेललाई सिफारिस गरेको छ । पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचन ३१,२८६ मत प्राप्त गरि पराजित भएका हुन । हाल उनी नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन ।यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ऐरावती–४ तिल्केनीका २६ वर्षीय जेन-जी युवा प्रेमबहादुर विश्वकर्मालाई उम्मेदवार सिफारिस गरेको छ विश्वकर्मा यतिबेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका छन उनी विद्यार्थी नेता समेत हुन ।