राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली क्रीकेट टिमलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन उनले फेसबुकमा लेखेका छन “क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई!!
खेलाडिहरूको आजको प्रदर्शनले नेपालको इज्जत बढाएको छ । अबको जिम्मेवारी नेपाल सरकारको। हामीले एसीसी प्रिमियर कपको उपाधि जितेका छौं। एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र आइसिसीसँग आजैदेखि पहल थालियोस् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्दछ” ।