प्युठान, स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाएका ७ जनाको सनाखत भएको छ । तुलसीपुरउपमहानगरपालिका १५ का ३५ बर्षिय सरिता शर्मा पोख्रेल, उनको १४ बर्षिय छोरा विशाल पोख्रेल , ९ बर्षिय छोरा बिकास पोख्रेल रहेका छन , भने लमाही का ४९ बर्षीय तारा बहादुर कुमाल ,लमाही नगरपालिका ७ का ४० बर्षिय गोविन्द शाह, उनकि ३० बर्षिय श्रीमती राधा नेपाली र ९ बर्षिय छोरा आदित्य शाह छन , भने एकजना सनाखत हुन बाँकी छ । मृतकको शव जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।