प्युठान,
ऐरावती गाउँपालिका वडा नं ५ पकला पिकनिक पार्कमा बनेको मन्दिर ६ लाख २५ हजार बजेटमा सम्पन्न भएको भन्ने स्टाटस भिम उपाध्यले पोष्ट गरेपछि ऐरावती गाउँपालिकाले उक्त मन्दिर ३ लाख ५८ हजार ३ सय ८० रूपैयाँमा बनेको प्रमाणित गरेको छ गाउँपालिकाले आफ्नो फेसबुक पेजमा यस्तो स्टाटस र प्रमाण सहित पोष्ट गरेको छ ।
“ऐरावती गाउँपालिका बरौला प्यूठान अन्तर्गत वडा नं ५ मा निर्माण भएकाे मन्दिरकाे बास्तविकता नबुझी भिम उपाध्याय नाम फेसबुकबाट फाेटाे सहित ६ लाख २५ हजारकाे लगानीमा निर्माण भएकाे मन्दिर भनी प्रकाशित भएकाे फेसबुक स्टाटस प्रति गाउँपालिकाकाे ध्यानाकर्षण भएकाे छ । साे मन्दिर ३ लाख ५८ हजार ३ सय ८० रूपैया लागतमा निर्माण भएकाे जानकारी गराउँदछौ । साथै नबुझि हावाका भरमा यस्ता स्टाटस फेसबुकमा नराख्न अनुराेध गर्दै थप बुझ्नु परेमा कार्यालयमा सम्पर्क गर्न अनुराेध गर्दछु । साथै यस्ता हल्लाकाे भरमा नलाग्न सबैमा कार्यालय अनुराेध गर्दछौं ”
गाउँपालिकाले हावाका भरमा यस्ता स्टाटस नराख्न अनुरोध गर्दै मन्दिर सम्बन्धि थप बुझ्न गाउँपालिकाको कार्यलय सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।