प्युठान, ऐरावती गाउँपालिका वडा नं २ स्थित पुरन्ठाटि स्वास्थ्य चौकीमा शुक्रबार एक कार्यक्रम गरि विश्व स्तनपान सप्ताह मनाइएको छ ।
कार्यक्रममा पुरन्ठाटि स्वास्थ्य चौकी बरौंला मा स्तनपान कक्ष पनि उद्घाटन गरिएको छ । गाउँपालिका का उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले रिवन काटेर कक्षको ढोका खोली उद्घाटन गर्नुभएको हो ।
अगस्ट १ तारिख देखि ७ तारिख सम्म अन्तर्राष्ट्रिय रूपमा स्तनपान सप्ताह मनाइन्छ । कार्यक्रममा स्तनपान सम्बन्धि आमा र बच्चाको लागि स्तनपान को फाइदा लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष भिमेश कुमार घर्ती स्वास्थ्य चौकी संचालन तथा ब्यावस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरू,ऐरावती गाउँपालिका मा स्वास्थ्य शाखा उपप्रमुख सेर सिहं थापा मगर महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका र सुनैलो हजार दिनका आमाहरु उपस्थित भएका थिए ।
ऐरावतीमा मनाइयो विश्व स्तनपान सप्ताह,उपाध्यक्ष द्वारा स्तनपान कक्ष को उद्घाटन
