प्युठान, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको आयोजना तथा जनता मा.वि ऐरावती गा पा ६ बिजुलीको आतिथ्यतामा मंसिर १४ र १५ गते हुने जिल्लास्तरीय ३८ औं नेपाल जुनियर/युवा रेडक्रस सर्कल गोष्ठीको पुर्व तयारी पूरा भएको छ।![]()
जिल्लाका विभिन्न बिद्यालय बाट गोष्ठीमा सहभागी हुने बिधार्थी र शिक्षकलाई खाना र आबासको व्यवस्था गरेको छ, मञ्च निर्माण,बसाइ व्यवस्थापन लगायतका कामहरू पूरा भएको बिद्यालयले जनाएको छ । १४ गते बिहान ११ बजे कार्यक्रम उद्घाटन हुने बताइएको छ ।







