प्युठान, ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यलय प्युठानले जिल्ला स्तरीयको माध्यमिक विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
प्युठान जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा (९-१२) मा अध्ययनरत विद्यार्थीहरूका बिच राष्ट्रिय बाल दिवस २०८० को राष्ट्रिय नारा ”बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने शिर्षक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद रू १० हजार र प्रमाण पत्र द्वितीय हुनेले नगद रू ७ हजार पाँच सय र प्रमाण पत्र , तृतीय हुनेले नगद रू ५ हजार र प्रमाण पत्र सान्त्वना हुनेले २ हजार पाँच सय र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिता भदौ २९ गते झिमरूक बहुमुखी क्याम्पस बाग्दुलामा हुने आयोजक ले जनाएको छ ।
प्युठानमा राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता








