प्युठान,ऐरावती बाल सञ्जाल तथा युवा सञ्जालको आयोजना मा ३ दिने कथा लेखन तालिम सुरु भएको छ । तालिम कालिका बिकास केन्द्र नेपाल प्युठान र स्ट्रोम फाउन्डेसनको सहयोग,ऐरावती गाउँपालिका र राप्ती साहित्य परिषद्को समन्वय मा ऐरावती युवा संजालका अध्यक्ष अनुपराज पाण्डेको अध्यक्षता र कालिका बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राजभण्डारीको प्रमुख आतिथ्यतामा तालिम होटल आयुष्मा जुम्री प्युठानमा उद्घाटन  गरिएको छ । तालिममा ऐरावती बाल सञ्जाल तथा युवा सञ्जालका पदाधिकारी सहभागी भएका छन् । तालिममा प्रशिक्षक नेपाल बाल साहित्य समाजका महासचिव विजय राज आचार्यले हुनुहुन्छ । तालिम साउन २३ गते समापन हुनेछ ।