प्युठान,
ऐरावती गाउँपालिका वडा नं ६ रानादमार निवासी प्रेम खनालले शान्ति प्राथमिक बिधालय ऐरावती ६ बैरेनीमा अध्ययनरत ६२ जना बिधार्थीलाई पोशाक हस्तान्तरण गरेका छन ।
बुधबार उनका बुबा र भाई अनि उनी बिधालय पुगेर बिधार्थीहरूलाई पोशाक वितरण गरेका हुन । बिधालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक,बिधार्थी लगायतको उपस्थितिमा पोशाक हस्तान्तरण गरिएको हो ।

खनाल भन्छन् “समाज परिवर्तन गर्न शैक्षिक क्षेत्रमा परिवर्तन गर्न अपरिहार्य छ , अहिले सरकारी बिधालयमा भन्दा प्राइभेट बिधालय (बोर्डिङ) मा बिधार्थीहरूको आकर्षण बढेको छ । तर शिक्षाको गुणस्तर सरकारी बिधालयमा पनि उत्तिकै स्तरीय छ, तर सरकारी बिधालयमा पुरानै पोशाक ले गर्दा पनि बिधार्थीको आकर्षक घटेको हुनसक्छ ।
मैले मान सम्मान ईज्जत् प्रतिष्ठा कमाउनको लागि नभएर सरकारी बिधालयका पोशाक पनि आकर्षित हुन्छन् र बिधार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा सजिलो होस भनेर पोशाक दिएको हुँ” खनाललाई बिधालय परिवारले सधैं यस्तै सहयोगको अपेक्षा सहित धन्यवाद दिएको छ ।