प्युठान,ऐरावती गाउँपालिकाको १४ औं गाउँसभाले दुईवटा ऐन पारित गरेको छ । गाउँसभाबाट खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन र स्थानिय मदिरा तथा पेय पदार्थ ब्यवस्थापन सम्बन्धि ऐन पारित भएको गाउँपालिकाले जनाएको छ ।

ऐन पारित भएसंगै अब गाउँपालिका भित्र उत्पादन हुने मदिरालाई प्रविधीमैत्री बनाउदै सर्वसाधारणको स्वास्थ्यमा असर नपर्ने गरी गुणस्तरिय रुपमा मदिराको उत्पादन, बिक्रि बितरण, ब्यवस्थापन र निकासी पैठारी गर्नुपर्ने छ । घरेलु मदिराको ब्यवस्थापनसंगै स्थानिय तहको आन्तरिक आम्दानीको श्रोतको रुपमा समेत यसलाई जोडिने गाउँपालिकाले जनाएको छ ।ऐन पारित भएसंगै अब गाउँपालिका भित्र मदिरा उत्पादन गर्न अनुमतीपत्र लिनुपर्ने, र बिक्रि बितरणका लागी पनि अनुमती लिनुपर्ने ब्यवस्था गरेको हो ।

यस्तै स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्न खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन पारित भएको छ । अब गाउँपालिकाभित्र मुहानको संरक्षण, पानीको सहज ब्यवस्थापनमा थप टेवा पुग्ने गाउँपालिका जनाएको छ ।