प्युठान, ऐरावती गाउँपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न ।
फागुन १४ गतेदेखि फागुन १६ गते सम्म ऐरावती गाउँपालिकाको आयोजनामा सञ्चालित सामुदायीक मेलमिलाप सम्बन्धी ३ दिवसीय पुर्नताजगी तालिम सम्पन्न भएको छ ।
ऐरावती गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता एवम् वडा अध्यक्ष श्री भरत बहादुर खड्का लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा तालिम सम्पन्न भएको छ । तालिममा २३ जना मेलमिलाप कर्ता सहभागी भएका थिए । 
स्थानीय स्तरमा हुने बिभिन्न किसिमका मुद्दा मामिलाहरुलाई सम्बन्धित वडामै मेलमिलापको माध्यमबाट समाधान गर्ने उदेश्य ले ऐरावती गाउँपालिकाका सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ








