प्युठान, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजनामा ऐरावती ५ सिँदुरेडाँडाका गन्धर्वहरूका लागि जेठ १० गतेदेखि सुरु भएको संगीत तथा बाद्यबाधन तालिम असार ७ गते डिभिजन कार्यालयका प्रमुख टंक पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति उप प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा, वडा नं ५ का अध्यक्ष चन्द्रबहादुर रोका,वडा सदस्य विमला वि.क र स्थानीयहरूको बाक्लो उपस्थितिमा तालिम समापन गरिएको हो ।

तालिममा २० जना सहभागी भएका हुन । कार्यक्रममा बोल्दै डिभिजन प्रमुख पौडेलले सारङ्गी बजाउने कलालाई पेशाको रूपमा परिणत गरेर आय आजर्न बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै समन्वय उप प्रमुख रेग्मीले यहाँका गन्धर्वहरू जिल्ला स्तरमा विस्तारित भई आफुमा भएको कलालाई ससम्मान प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोकाले सिँदुरेडाँडालाई ऐरावती गाउँपालिकाको नमुना वस्तीको रूपमा बिकास गर्ने बताउनुभयो , वडा सदस्य विमला वि.क ले गन्धर्वहरू संगठित भइ अगाडि बढ्नुपर्ने बताउनुभयो गन्धर्व समाजका अध्यक्ष धुर्व गन्धर्वले डिभिजन कार्यालयलाई धन्यवाद दिँदै आगामी आर्थिक वर्षमा पनि यस्ता तालिमहरू सञ्चालन गरिदिन अनुरोध गर्नुभएको हो । कार्यक्रममा गन्धर्व समाजले विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो ।