प्युठान, ऐरावती गाउँपालिका वडा नं ४ कैरनका गिर बहादुर वि.क ले आरन व्यवसायबाट मासिक रूपमा ३५ हजारका दरले आम्दानी गरिरहेका छन ।
२०७६ सालदेखि आफ्नो पुख्र्यौली पेशा आरन व्यवसाय सुरु गरेका वि.क ले सिजनको समयमा दिनको २५ सयसम्म कमाएको बताउनुभयो । उहाँको १३ जनाको परिवार छ ।
आरनको लागि चाहिने गोल गाउँबाटै खरिद गरेको बताउनुभयो । उहाँलाई अहिले आरन व्यवसाय व्यवस्थित रूपमा सञ्चालन गर्न आरन घरको आवश्यकता रहेको बताउनुभयो ।
मानिसको घरमा दैनिक प्रयोग हुने फलामे औजार हँसिया,दाबु,खुकुरी, चुलेसी तथा किसानले प्रयोग गर्ने कोदाला,फरूवा,हलोका फाला लगायतका यन्त्रहरू मर्मत गरेर दिन बितिरहेको बताउनुभयो ।
देशमा बेरोजगारी बढिरहेको बेला स्थानीय स्तरमै स्वरोजगार भैरहेकाहरूलाई पेशामा स्थायी बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।







