प्युठान, ऐरावतीमा तेस्रो बाल सहभागीता दिवस विविध कार्यक्रम गरि मनाइयो ।ऐरावती गाउँपालिका वडा नं.२,४ ,५ र ६ नम्बर वडाका विभिन्न स्थानमा सडक नाटक,अन्तरक्रिया,र्याYली,सरसफाइ,गीत तथा नृत्य कार्यक्रम गरि मनाइएको हो ।

कालिका बिकास केन्द्र नेपाल र स्ट्रोम फाउन्डेसनको सहयोग ऐरावती गाउँपालिका र कन्सोर्टिएम नेपालको समन्वयमा ऐरावती बाल सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो ।

नेपालको संविधान २०७२ ले बालबालिकाको अधिकार लाई सुनिश्चित गरेअनुसार बालबालिकाले आफ्ना हक अधिकारको लागि सम्बन्धित निकायमा अर्थपूर्ण सहभागीता सुनिश्चितताको माग गर्दै “बालबालिकाको आवाज सुन्ने, समाजलाई सशक्त बनाउने।”“बाल अधिकारको सम्मान, सबको उत्तम योगदान।”

“बाल सहभागिता: जिम्मेवार समाजको आधार।”“बालबालिका हाम्रा भविष्यका कर्णधार, उनीहरूको सहभागितामा गरौं विश्वास।”“बालबालिकाको विचार र दृष्टिकोणलाई सम्मान गरौं।”
“बाल सहभागिता: परिवर्तनको प्रारम्भिक चरण।”“बालबालिकाको सहभागिता: सुरक्षित र न्यायपूर्ण भविष्यको सुनिश्चितता।”

लेखिएका प्ले कार्ड सहित र्याYली लगाएका हुन ।