काठमाडौं, २ सय १० ग्राम अवैध सुन सहित प्युठानकि २८ बर्षिय महिला विमानस्थलमा पक्राउ ।

युएई देखि फ्लाई दुवैको प्लेन मार्फत काठमाडौ आएकी प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ स्थायी ठेगाना भएकी संगीता परियारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच पास गर्ने क्रममा सोमबार दिउँसो पक्राउ गरिएको हो ।

 

भन्सार छलेर सुन भित्र्याउन लागेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बाट एउटा सिख्री एउटा ब्रह्रासलेट तीनवटा औंठी एउटा रानीहार एउटा मिनीहार दुईवटा मंगलसुत्र कानमा लगाउने दुईजोर झुम्का लगायतका गर गहना सहित पक्राउ परेकी हुन उनलाई आवश्यक अनुसन्धान र कार्वाही का लागि भन्सार कार्यलय गौचरमा बुझाउने प्रहरीले जनाएको छ ।

 

नेपालमा सुन ल्याउँदा महिलाको हकमा ५० ग्राम र पुरूषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन यसबाहेक एकजना व्यक्तिले थप २०० ग्राम सुन गहना भन्सार विन्दुमा महशुल तिरेर साथमा ल्याउन पाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयले जनाएको छ ।