प्युठानको ऐरावती गाउँपालिका – २ बरौंलामा रहेको सेभेन स्टार बिकास केन्द्रको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता ‘बरौंला प्रिमिएर लिग’ आयोजना गरिएको छ ।

हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा स्थानीय स्तरका खेलाडीहरू लाई जिल्ला र राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले खेल आयोजना गरिएको आयोजकले जनाएको छ । खेल असोज २० गतेदेखी सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमले ७ हजार इन्ट्री फि बुझाउनु पर्नेछ । सहभागी हुने टिमले असोज १९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ ।

 

प्रतियोगिता ऐरावती गाउँपालिका ५ झिवाङ खेलमैदान हुने आयोजकले जनाएको छ ।

खेलमैदान तस्बिर प्रतियोगितामा बिजेता हुने टिमलाई नगद रू. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता हुने टिमलाई नगद रू. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई नगद रू ५ हजार, उत्कृष्ट बलरलाई नगद रू ३ हजार र उत्कृष्ट ब्याट्सम्यान लाई नगद रू ३ हजार प्रदान गरिनेछ । खेलमा सहभागी हुने खेलाडीका लागि ट्रयाक र जुत्ता अनिवार्य गरिएको छ ।