प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

प्युठान। प्युठानको ऐरावती गाउँपालिका–५, बालिबिसौनामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मंगलवार साँझ गोठिवाङ्ग देखी ढुंगा बोकेर मल्लरानी -३ चौरपानी तर्फ जाँदै गरेको रा. १ त. ४४४५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ऐरावती–२, तेर्सापाटाका सहचालक २७ वर्षीय बिजय साप्कोटाको मृत्यु भएको प्रहरी निरीक्षक निरन्जन रिजालले बताए।

दुर्घटनामा सोही ठाउँका चालक २३ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् । घाइते चालकलाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । ट्याक्टर सडक देखि करिब २० मिटर तल खसेको बताइएको छ ।