प्युठानको ऐरावती गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले २५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
राजमो ऐरावतीका अध्यक्ष चन्द्र रानाको नेतृत्वमा जिल्ला समितिका सचिव केशवराज आचार्य,सदस्य सीता गैरे समितिका सल्लाहकार चन्द्रप्रसाद श्रेष्ठ पालिका समितिका सह-सचिव भरत खड्का,सदस्य लीलामणि श्रेष्ठ गाउँ समितिका सदस्य शिवराज श्रेष्ठ सहितको टिमले २०८१ भदौ २७ गते बिहीबार पालिकामा २५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा राष्ट्रियता,सार्वभौमता भौगोलिक अखण्डता, भ्रष्टाचार, अनियमिता जस्ता राष्ट्रिय समस्या तथा स्थानीय समस्याहरू उठाइएको छ ।
नेपाल भारत बीच भएका सन्धी सम्झौता,एम सि सि सम्झौता,पालिका बढेको बेरूजु पालिकाको अनुत्पादक मुलक क्षेत्रमा भइरहेको खर्च नियन्त्रण,सहकारी स्थापना,अनुगमन र नियमन,सार्वजनिक यातायातको मनपरि भाडादर,शैक्षिक गुरुयोजना,कृषि उपज खरिद बिक्रीमा न्युनतम दर निर्धारण,पालिका भित्रका सार्वजनिक जग्गा पहिचान,उपयोग र संरक्षण,फोहोर व्यवस्थापन,पालिका,प्रदेश र संघका अधुरा योजना समयमै कार्यान्वयन गर्न पहल गर्नुपर्ने लगायतका बिषयहरू समेटिएको २५ बुँदे ज्ञापनपत्र
गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठलाई बुझाएको छ ।