प्युठान, ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा २०२२ सालमा स्थापना भएको मोती माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्नका लागि बसेको अभिभावक भेला निष्कर्ष विहीन उठ्यो ।
कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको विद्यालय व्यवस्थापन समितिको ३ बर्ष अवधि सकिएपछि ३ महिना अर्थात जेठ १२ गतेसम्म म्याद थप गरि विद्यालयमा समिति गठन गर्नका लागि धेरै पटक बैठक बसेपनि सहमति नभएपछि जेठ ८ गते अभिभावक भेला बोलाइयो उक्त भेला पनि निष्कर्ष विहीन उठेको छ ।
विद्यालय व्यवस्थापन समितिको ३ बर्ष अवधि सकिएपछि ३ महिना अर्थात जेठ १२ गतेसम्म म्याद थप गरि विद्यालयमा समिति गठन गर्नका लागि धेरै पटक बैठक बसेपनि सहमति नभएपछि जेठ ८ गते अभिभावक बोलाइयो उक्त भेला पनि निष्कर्ष विहीन उठेको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि ६ जनाले दावी गरेका छन । ती ६ जना बिचमा सहमति नभएपछि भोलि बुधबार १० बजे प्रतिनिधि मुलक बैठक बोलाइएको छ ।
भोलि सहमति नभएपछि प्रजातान्त्रिक प्रणाली मार्फत समिति चयन गरिने दलहरूले जनाएका छन ।
राष्ट्रिय जनमोर्चाले अध्यक्ष पदका लागि अरू पार्टीलाई अवसर दिनुपर्ने अन्य दलहरूले जनाएका छन । अध्यक्ष पदमा सहमति नभएपछि अरू प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
अध्यक्ष पदका लागि दावेदार व्यक्तिहरू
-वसन्ता आचार्य
-चन्द्रप्रसाद श्रेष्ठ
-नारायण ज्ञवाली
-ऋषिराम पाण्डे
-सुरेशचन्द्र थापा
-धर्मेन्द्र शाही
अभिभावकले समितिमा समय दिन सक्ने मान्छे चयन हुनुपर्नेमा जोड दिएका हुन । ३ महिनादेखि विद्यालयमा व्यवस्थापन समिति विहीन भएपछि विद्यालयका धेरै कामहरू प्रभावित भएका छन ।
राष्ट्रिय जनमोर्चा निकट कृष्णप्रसाद श्रेष्ठ २ पटक सहमति बाट र १ पटक प्रजातान्त्रिक प्रणाली बाट ३ कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको छ ।








