प्युठान, गन्धर्व विकास समाज प्युठानका पदाधिकारीलाई पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न ।
सोमबार ऐरावती-५ सिँदुरेडाँडामा आयोजित कार्यक्रममा गन्धर्व विकास समाज अध्यक्ष धुर्व गन्धर्वको अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सी को प्रमुख आतिथ्यता जिल्ला समन्वय उप-प्रमुख दुर्गा रेग्मी ऐरावती गाउँपालिका निवर्तमान उपाध्यक्ष बुद्ध बहादुर बस्नेत मल्लरानी ५ का वडा अध्यक्ष गोपाल बहादुर थापा वडा सदस्य हिमा बुढाथोकी लगायतका अतिथि तथा स्थानीयहरूको उपस्थितिमा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि जि.सी ले पदाधिकारीहरूलाई शुभकामना दिँदै गन्धर्वहरू को संरक्षण र प्रवर्द्धनमा स्थानीय तहहरू सँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम बोल्दै अतिथि रेग्मीले गन्धर्व समुदायका महिलाहरू पनि सक्षम भई आफ्नो पहिचान जोगाउन लाग्नुपर्ने बताउनुभयो कार्यक्रम बोल्दै अतिथि बुद्ध बस्नेतले गन्धर्व समुदायको उत्थान र संरक्षणका लागि आफु निरन्तर लागिरहेको बताउँदै आफु हाल सार्वजनिक पदमा नरहेपनि गन्धर्व समुदायको विकास गर्ने हुटहुटी आइरहेको बताउनुभयो ।
कार्यक्रम बोल्दै मल्लरानी ५ का वडा अध्यक्ष गोपाल बहादुर थापा ले आफ्नो वडा रहेको गन्धर्व हरूलाई तत्कालै सारङ्गी बाजा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम बोल्दै पुर्व जनप्रतिनिधि अर्जुनकुमार पन्थीले गन्धर्व समुदायले बाल विवाह,लागू पदार्थ सेवन न्यूनीकरण सम्बन्धि सचेतना सांगीतिक प्रस्तुुती मार्फत फैलाएको बताउनुभयो । वाईसीएल नेपाल प्युठान अध्यक्ष मोहन परियारले पदाधिकारीलाई शुभकामना दिँदै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो

वडा सदस्य हिमा कुमारी बुढाथोकीले यश समुदाय महिलाहरू सारङ्गी बाजा बजाउन र बनाउन दक्ष भइ आयआर्जन सँग जोडिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गन्धर्व विकास समाजका अध्यक्ष धुर्व गन्धर्वले गन्धर्व समुदायलाई अगाडि बढाउन आफुले नेतृत्व गरेको गन्धर्व विकास समाजले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा अपडेट मिडिया प्रालिका अध्यक्ष अनुपराज पाण्डेलाई गन्धर्व संस्कृतिको संरक्षण,प्रवर्द्धन र प्रचारप्रसारमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र र मायाको चिनो स्वरूप सारङ्गी बाजा प्रदान गरेको छ ।
उक्त कार्यक्रम सञ्चालन गन्धर्व विकास समाजका सचिव अर्जुन गन्धर्वले गर्नुभएको थियो ।








