प्युठान, ऐरावती गाउँपालिका आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको छ ।

पालिकाका ७ वटा मावि ३ वटा निमावि र २ आ.वि गरि जम्मा १२ वटा विद्यालय बाट परिक्षामा सहभागी भएका ३६९ जना मध्ये ७५ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन । जनता माविमा अध्ययनरत सम्झौता पोख्रेल ३.८८ (जि.पि.ए) प्राप्त गरी गाउँपालिका प्रथम भएकी छन भने सोही विद्यालयकै संगम पोख्रेल ३.७५ र शिशुकल्याण आ.वि का क्षितिज थापा ३.७५ (जि.पि.ए) प्राप्त गरी दुई विद्यार्थी पालिका द्वितीय भएका छन ।

शिशुकल्याण आ.वि का प्रमोद थापाले ३.७१ (जि.पि.ए) प्राप्त गरी पालिका तृतीय भएका छन । पालिका शिक्षा शाखाले कुनै दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि चैत २६,२७,२८ गते मोती माविमा बरौंलामा मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

उक्त परीक्षामा गणित २०९ जना विज्ञान १६० जना र अङ्ग्रेजी विषयका ३६ जना विद्यार्थी मौका परीक्षामा सहभागी हुने शाखाले जनाएको छ । जनता मावि बिजुली र पद्मोदय मावि धुवाङको नतिजा सुधार उन्मुख देखिएको छ ।