आईडियाजले पोखराको चापाकोट विद्यालयमा वितरण गर्यो शैक्षिक सिकाई सामग्री
IDEAS (दिगो विकास संस्था) पोखराको आयोजनामा र उन्नति काठमाडौंको सहकार्यमा पोखरा महानगरपालिका–२३ स्थित श्री चापाकोट आधारभूत विद्यालयमा “विद्यालय शिक्षण सिकाइ सामग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न भएको गरेको छ ।
पोखरा महानगरपालिका वडा न. २३ का वडा अध्यक्ष राम काजी गुरुङ्ग को प्रमुख अथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आईडियाजका अमृत देवकोटा , उन्नतिका अध्यक्ष विष्णु खत्री र आईडियाजका सचिव देवी प्रसाद देवकोटाले विद्यालय व्यवस्थापन समिति , विद्यालयका प्राचार्यलाई करिब ५ लाख रुपैयाँ बराबरको शिक्षण सिकाइ सामग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरे।
उक्त सामग्री वितरण कार्यक्रमले विद्यार्थीहरूलाई सिकाइका लागि आवश्यक उपकरणहरू उपलब्ध गराउँदै उनीहरूको शिक्षामा थप प्रेरणा र सहजता ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय समुदाय, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै आईडियाजका अध्यक्ष अमृत देवकोटाले आगामी दिनहरूमा पनि ग्रामीण तथा सिमान्तकृत विद्यालयहरूमा गुणस्तरीय शिक्षा सशक्तिकरण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।








