प्युठान, ऐरावती गाउँपालिकाको वडा नं ६ को प्रशासनिक भवन उद्घाटन गरिएको छ ।

वडा नं ६ वडा अध्यक्ष भरत बहादुर खड्काको अध्यक्षतामा गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा भवन निर्माणका लागि जग्गा दान गर्नुहुने पदम बहादुर थापा  भाइ मान बहादुर थापा र नाति बिकास थापाको विषेश आतिथ्यता मा

प्रशासकिय अधिकृत हिमलाल विश्वकर्मा वडा नं १ का वाड अध्यक्ष अमर बहादुर रेश्मी मगर वडा भित्रका टोल बिकास संस्थाका प्रतिनिधि वडा भित्र क्रियशिल राजनैतिक दलका प्रमुखहरू को उपस्थितमा पालिका का उपाध्यक्षले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।

भवन निर्माणको लागि पुष्पान्जलि निर्माण सेवाले २०७९/जेठ २६ गते निर्माण का लागि  सम्झौता गरि २०८० असारमा निर्माण कार्य सम्पन्न गरेको हो । भवन निर्माणका लागि ६७ लाख २१ हजार रकम भुक्तानी भएको पालिकाले जनाएको छ ।