माण्डवीको सार्वजनिक सुनुवाईमा उठे यी सवालहरुप्युठान।माण्डवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्म सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा माण्डवी गाउँपालिका १ कुमाल्टार स्थित बोम सुनारले पालिकाको न्यायिक समिती प्रभावकारी नभएको गुनासो ब्यक्त गरेका थिए।उनले भने, ‘केहि दिन अघि न्यायिक समितिमा उजुरी दिएका थियौं।’समितिले उजुरीकर्तालाई राखेर छलफल गर्नुपर्ने हो तर यति संबेदनशील बिषयलाई समेत बेवास्था गरिएको भन्दै आक्रोस ब्यक्त गरेका थिए।
त्यस्तै गिर राज पौडेलले सार्वजनिक सम्पतिहरुको संरक्षण गर्नुपर्ने पालिकाको दायित्व भित्र रहेको बताए।पालिका भित्र निर्माण भएका संरचनाको हेरचाह र संरक्षण गर्न पालिकाले कन्जुस्याइँ गरेको समेत उनले आक्रोस ब्यक्त गरेका थिए।
पालिका सुशासन प्रति उत्तरदायी नभएको,बिद्यालयका पूर्वाधारका समस्या, अलपत्र परेका खानेपानी लिफ्ट योजना लगायत बिषयमा ८ जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी (रोशन) ,उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारी र शाखागत प्रमुखहरु लगायतकाले गरेका थिए।गाउँपालिकाको आयोजना तथा स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा शुक्रबार माण्डवी गाउँपालिकाको बहुउदेश्यीय सभाहलमा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सेवाग्राही, सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरु,बैंक तथा वित्तीय संस्थाको प्रतिनिधिहरु,पत्रकार र विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो।