प्युठान,ऐरावती गाउँपालिका वडा नं ६ बैरेनी(टाकुरा) निवासी शान्ता,लेखराज पाण्डेले बुबा आमा गिरिप्रसाद पाण्डे र तिला पाण्डेको सामाजिक मुल्य मान्यता अनुसार गरिने चौरासी पुजा को सट्टामा
शान्ति प्रा.वि ऐरावती ६ बैरेनीमा एकाउन्न हजार पाँच रूपैयाँ र मोती मा.वि ऐरावती २ बरौंलामा एकाउन्न हजार पाँच रूपैयाँ को “गिरिप्रसादतिला” अक्षयकोष स्थापना गर्नुभएको छ । सनिवार घरमा लक्ष्यवत्ती पुजमा आयोजना गरि छिमेकी , आफन्त र शिक्षकहरूलाई घरमै बोलाई अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको छ । बिधालयमा अध्ययन गर्ने अपाङ्ग तथा जेहेन्दार बिधार्थीलाई सहयोग पुग्ने हेतुले
“गिरिप्रसादतिला” अक्षयकोष स्थापना गरिएको पाण्डेले बताउनुभएको छ । हिन्दुधर्म अनुसार सामाजिक मुल्यमान्यता अनुरूप जन्मिएको ८४ बर्ष पूरा भएपछि घरमा ब्राह्मण बोलाएर पुजा लगाई दान पुन्य गर्ने चलन छ ।
चौरासीको सट्टामा गाउँका २ वटा बिधालयमा ५१००५ बराबरको”गरिप्रसादतिला”अक्षयकोष स्थापना








