प्युठान, ऐरावती गाउँपालिका वडा नं २ बरौंला निवासी गोपाल थापाको घर नजिकै कार्तिक १० गते एउटा पोथी कुकुरले ३ वटा बच्चालाई जन्म दिई , उक्त कुकुरको परिवारलाई थापाले देख्नुभयो र आफ्नो घरमा उनीहरूको लागि बस्ने सानो खोर बनाईदिनु भयो ।![]()
उनीहरू त्यही खोरमा बस्न थाले जन्मिएका ३ बच्चा मध्ये एउटाको भेट फुल्लीदै गएको थियो मंगलबार थापाले उसलाई ऐरावती गाउँपालिकाको पशु सेवा कार्यलयमा उपचारको लागि लैजानुभयो पशु स्वास्थ्यकर्मीले उक्त छाउराको मलद्वार नभएको पुष्टि गरे ।
उक्त छाउरोले जन्मिए पछि अहिलेसम्म दिसा नगरेको र सबै दिसा पेटमै भएको हुँदा पेट फुल्लीएको बुझियो पशु स्वास्थ्यकर्मीले उक्त छाउरोको कृतिम मलद्वार बनाउन सामान्य सल्यक्रिया गर्नुभयो तर त्यो सल्यक्रिया असफल भयो छाउरो झनै छटपट्याई रहेको छ ।








