दक्षिण कोरिया,लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ । जसमा हिमाल खनाल को नेतृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित भएका छन ।
आज सौल दोङ्देमुन स्थित नेपाल थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो।कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो भने दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू लगायत कोरियामा रहेका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। “पवित्र लुम्बिनी बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको यस समाजले कोरियामा रहेका विभिन्न समाजहरु सँग हातेमालो गरेर अघि बढ्ने नवनिर्वाचीत अध्यक्ष हिमाल खनालले जानकारि दिनुभयो , खनाल यसअघि पनि बिभिन्न संघसंस्थामा पनि आबद्ध हुनुहुन्थ्यो।
नवनिर्वाचित कार्यसमिती निम्नानुसार रहेको छ ।अध्यक्ष – हिमाल खनाल (अर्घाखाँची)बरिस्ठ उपाध्क्ष – मदन गौतम ( रुपन्देहि )उपाध्यक्षहरुकिरण बंजाडे (अर्घाखाँची)बिज्ञान अर्याल (रुपन्देही)मिलन थापामगर( पाल्पा )







