प्युठान,ऐरावती गाउँपालिकाको वडा नं १ मा गुरूङ,मगर भाषा संस्कृति संरक्षण र प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं १ बसोबास गर्ने मगर समुदायका विद्यार्थीहरुलाई मगर भाषाको लिपि अक्खा प्रशिक्षण सम्बन्धी कार्यक्रम वडा अध्यक्ष अमर बहादुर रेश्मीको अध्यक्षतामा उद्घाटन भएको छ ।

ऐरावती गाउँपालिकामा मगर समुदायको बाहुल्यता रहेको र प्युठान जिल्लामै सबै भन्दा धेरै मगर भाषा ऐरावती १ मा बोलिने भएकाले त्यहाँ बसोबास गर्ने सबै मगर समुदाय मध्ये करिब ९३% ब्यक्तिहरु मगर भाषा बोल्न सक्ने भएकोले ती समुदायको मगर भाषाको संरक्षण तथा प्रवर्धन गर्न यो कार्यक्रम संचालन गर्न लागिएको वडा अध्यक्ष रेश्मीले बताउनुभयो । मगर भाषा प्रशिक्षक भिम रानाले

२०८१ बैशाख ५ देखि १० गते सम्म प्रशिक्षण गर्नुहुने छ ।

प्रशिक्षणमा ३७ जना सहभागी भएका छन । प्रशिक्षण पश्चात् सहभागीहरूले मगर भाषाको लिपि अक्खा सजिलै सङ्ग जान्न , बुझ्न् र लेख्न सक्ने अपेक्षा गरिएको छ ।

ऐरावती गाउँपालिकालेगुरूङ,मगर भाषा संस्कृति संरक्षण र प्रवर्द्धन कार्यक्रमका लागि १ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । केही हप्तापछि गुरूङ भाषाको पनि प्रशिक्षण कार्यक्रम सञ्चालन हुने वडा नं १ ले जनाएको छ ।