बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रीबस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो। 
बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रीबस दाङको रिहार नजिकैको जंगलमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। ![]()
दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्ष (डिएसपी) जनकबहादुर मल्लका अनुसार दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ।डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो ।‘बस जंगल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ। चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। ![]()
दुर्घटनामा चालक मात्रै घाइत छन्। बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ। ![]()








